नियम १९
वाससबन्धी रेकर्ड राख्ने
(१) मदिरा उत्पादन गर्ने इजाजतपत्रवालाले वास बनाउनको लागि फरमेन्टेशन गर्दा प्रयोग गरेको कच्चा पदार्थ, पानीको मात्रा समेत उल्लेख गरी सोको विवरण स्पष्ट देखिने गरी लगत राख्नु पर्नेछ ।
(२) मदिरा उत्पादन गर्ने इजाजतपत्रवालाले डिष्टिलेशन (चुहान) को लागि तयार भएको वास डिष्टिलेशन प्लाण्टमा हाल्नु अगावै डिष्टिल गर्ने वासको परिमाण र भेट नं. को लगत राखी सोको जानकारी अन्तशुल्क अधिकृत वा निजले खटाएको कर्मचारीलाई दिनु पर्नेछ ।